site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगको लाइन काट्ने कुलमानको कदमलाई प्रधानमन्त्री ओलीले भने– षडयन्त्र !
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कदमलाई षड्यन्त्रको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री बहाल भएकै बेला पार्टीका तर्फबाट भन्दै दरबारमार्गमा गरेको सडकसभामा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बाँकी रहेका उद्योग बन्द गराउने र मजदुरको रोजगारी खोस्ने षड्यन्त्र भएको बताए । उनले सरकारले भनेको नमानेर लोकप्रियताको दौडमा निस्कने छुट प्राधिकरणको नेतृत्वलाई नहुने पनि सन्देश दिए ।

“उद्योग बन्द गराउँदा–गराउँदा कुनै उद्योग बाँकी छन् भने बक्यौता उठाउन छोडेर विद्युत्का लाइन काट्ने !,” ओलीले कुलमानको नाम नलिइकन भने, “अहिले सरकारले भनिरहेको छ बक्यौता उठाउ । विद्युत् महसुल आयोगले जे भनेको छ, त्यसअनुसार ।”

उनले आयोगले ‘टिओड्री’ मिटरअनुसार दैनिक उपभोग गरेको विद्युत्कोे मिटरअनुसार पैसा असुल गर भनेको भन्दै लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन पनि प्राधिकरणले नगरिरहेको बताए ।

“त्यसअनुसार महसुल उठाउँभन्दा त्योअनुसार नउठाउने, अनि विद्युत् लाइन काटेर देशको अर्थतन्त्र, देशका उद्योगहरूलाई बन्द गरिदिने, मजदुरहरूलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने,” प्रधानमन्त्री ओलीले भने, “यस प्रकारका षड्यन्त्रहरू भइराखेका छन् ।”

उनले व्यक्तिको कदमका विषयमा उठाएका सवालमा समुदाय जोडेर भड्काउने प्रयास गरेको प्रसंग पनि कुलमानसँगै मिसाएका थिए । उनले कुलमानका विषय उठ्दा जनजातिहरूले माइतीघरमा प्रदर्शन गरेकोबारे आक्रोश पोखे ।

“कम्युनिस्ट कम्युनिस्टबीचमा अनेक प्रकारले विभेद फैलाउन खोज्ने,विविधतायुक्त नेपालको राष्ट्रिय एकतालाई खल्बल्याएर विभिन्न साम्प्रदायिक विद्वेश, घृणाहरू फैलाउने,” ओलीले कुलमानको नाम उच्चारण नगरी भने ।

त्यसपछि उनले कुलमानलाई मेरिटोक्रेसीका कुरा गर्दै कसले आफन्त भर्ती गर्‍यो र गोरु बेचेको साइनो लाग्नेसम्मका नाममा कसले सम्पत्ति थुपार्‍यो भन्दै बहसका लागि आग्रह गरे ।

“कसले आफ्ना आफन्तलाई अकुल सम्पत्ति थुपारेर सात पुस्ता परसम्मका, गोरु बेचेको साइनो लाग्नेसम्मलाई साधारण पारिवारिक अवस्था, गरिब अवस्थाबाट आज करोडौँका मालिक अर्बौँका मालिक कसले बनाएको छ ?,” ओलीले भने, “बसेर छलफल गर्न, बहस गर्न हामी तयार छौँ, म त्यतापट्टी जान चाहन्नँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro