site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शुक्रबार जनाएको छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच १३ महिनाभन्दा बढी समयदेखि जारी सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा १८७ वटा आक्रमण भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

लेबनानस्थित डब्लूएचओका प्रतिनिधि अब्दिनासिर अबुबकरले बेरुतबाट भिडियो लिंकमार्फत भनेका छन्, “सन् २०२३ अक्टोबर ७  देखि यस वर्षको नोभेम्बर १८ सम्ममा २२६ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १९९ जना घाइते भएका छन् ।”

Dabur Nepal
NIC Asia

तीमध्ये करिब ७० प्रतिशत यो वर्षको सेप्टेम्बरमा युद्ध थप तनावपूर्ण रूपमा परिणत भएपछि भएको उाले बताए ।

उनले भने, “यो अत्यन्तै चिन्ताजनक प्रवृत्ति हो, नागरिकहरूलाई जीवनरक्षक हेरचाहको पहुँचबाट बञ्चित गर्नु र स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हो ।”

अबुबकरले लेबनानमा जारी द्वन्द्वको एउटा विशेषता भनेको स्वास्थ्य सेवाका लागि यो कत्तिको विनाशकारी छ भन्ने रहेको बताउँदै ४७ प्रतिशत आक्रमण ‘कम्तीमा एक स्वास्थ्यकर्मी वा बिरामीका लागि घातक साबित भएको’ उल्लेख गरे ।

युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भने, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३.३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए ।”

उनले लेबनानमा स्वास्थ्य सेवामा घातक आक्रमणको उच्च प्रतिशत ‘अधिक एम्बुलेन्सहरूलाई लक्षित गरिएको’ तथ्यको कारण हुन सक्ने बताए ।

“वास्तवमा, जब एम्बुलेन्स लक्षित हुन्छ त्यसपछि तपाईंसँग तीनदेखि पाँच स्वास्थ्यकर्मी प्रभावित हुन्छन् वा मारिन्छन् ।”

द्वन्द्वले हालैका वर्षहरूमा गम्भीर संकटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्‍याएको छ ।

डब्लुएचओले लेबनानका १५३ अस्पतालमध्ये १५ वटा अस्पताल बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको चेतावनी दिएको छ ।

पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले भने, “यस स्तरको स्वास्थ्य सेवामा हुने आक्रमणले स्वास्थ्य प्रणालीलाई प्रभावित बनाउँछ ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro