site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्यात अनुदान बापतको रकम तत्काल निकासा गर्न व्यवसायीको माग
SkywellSkywell

काठमाडौं । निर्यात व्यवसायीहरूको संस्था फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एसोसिएसनले निर्यात अनुदान बापतको रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् ।

एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यानसहितको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

KFC Island Ad
NIC Asia

सरकारले गत आर्थिक वर्षहरूका बजेटमा व्यवस्था गरेबमोजिम कार्यविधिमा उल्लेखित प्रावधानअनुसार एसोसिएसनका सदस्य उद्योग स्वयंले निर्यात अनुदानका लागि मन्त्रालयमा पटक–पटक अनुरोध गर्दै आए पनि गत आर्थिक वर्ष २०७९/०८० देखि नै निर्यात अनुदान नपाएको अवस्था ज्ञापनपत्रमा उल्लेख छ ।

सरकारले बजेटमै निर्यात अनुदानको व्यवस्था गरेपछि प्रोत्साहित हुँदै उद्योग कलकारखानाले आफ्नो उत्पादन विश्व बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले चर्को ब्याजको पुँजी संकलन गर्दै उच्चस्तरीय प्रविधि प्रयोग गरी गुणस्तरीय वस्तु उत्पादन गरिरहको एसोसिएसनका अध्यक्ष गोल्यानले बताएका छन् ।

उनका अनुसार प्रतिकुल परिस्थितिका बाबजुद पनि वस्तु निर्यात गर्न गरिरहेका उद्योगहरूले समयमै अनुदान रकम नपाउँदा हाल उद्योग सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

जसका कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्यात गर्ने कृषिजन्य उद्योग, धागो तथा गार्मेन्टजस्ता धेरै रोजगारी सिर्जना गर्ने उद्योग कलकारखानामा अत्यधिक लागत वृद्धि भएकाले निरुत्साहित भई रुग्ण हुने अवस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

अन्य छिमेकी मुलुकले निर्यात गर्ने उद्योग कलकारखानालाई प्राथमिकताका साथ निर्यातमा उल्लेख्य अनुदान तथा सुविधा प्रदान गरिरहेको र ती देशका उत्पादन विश्व बजारमा प्रतिस्पर्धी भई बिक्री वितरणमा सहजता रहेको बताइएको छ ।

देशको आर्थिक मेरुदण्डका रूपमा रहेका निर्यातमूलक उद्योगको लगानी सुरक्षा तथा रुग्ण हुन नदिन यथाशीघ्र बाँकी निर्यात अनुदान रकमको निकासा प्रक्रिया सुरु गर्न आवश्यक निर्देशनका लागि पनि एसोसिएसनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro