site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन
फाइल तस्बिर ।

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्कको उद्घाटन गरेको छ ।

शारडा ग्रुपका आफ्टर–सेल्स महाप्रबन्धक कृष्णप्रसाद पोखरेल र सिद्धार्थ हस्पिटालिटीका महाप्रबन्धक किरण रिमालले औपचारिक रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरेका छन् ।

Dabur Nepal
NIC Asia

यसले निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर, सिट्रन र पज्यो गाडीका ग्राहक तथा चालकहरूलाई दिगो र वातानुकूलित प्रविधिमा सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

गत साताको बिहीबार उक्त स्टेसनको उद्घाटन गरिएको थियो ।

उक्त चार्जिङ स्टेसनले दिगो प्रविधिमा आरामदायी यात्रा गर्न चाहने आधुनिक ग्राहकहरूको लागि डीसी फास्ट चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेको बताएको छ ।

हाल पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, विरगञ्ज, बिर्तामोड र बर्दिबासका स्थानहरूमा चार्जिङ पूर्वाधारहरू सञ्चालनमा रहेका छन् भने अब कुरिनटारमा पनि चार्जिङ स्टेसन निर्माण सुरू भएको छ । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले देशभर एकसय चार्जिङ स्टेसन सञ्चालन गर्ने योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro