अर्थ व्यवसाय
काठमाडौं । सीजीले आफ्ना नयाँ विन्टर (चिसोयाम)का सामान सार्वजनिक गरेको छ ।
कम्पनीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, एसीलगायत प्रोडक्ट बजारमा रहेको बताएको छ ।
जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर, वाटर हिटर, थर्मस तथा भ्याकुम फूल्याक्स पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यस्तै, ओइल रेडिएटर हिटर, इलेक्टिक हिटर अनि हिटर फ्यान पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
सीजीको वासिङ मेसिनमा दश वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ ।
सीजीले आफ्ना यी उत्पादनमा १२ महिनाको वारेन्टी दिँदै आएको बताएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१ १८:०९
प्रतिक्रिया दिनुहोस्