site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको पहिलो रोजाइ सार्वजनिक, सरु र रेनुकाको पुनरागमन 

काठमाडौं । साफ महिला च्याम्पिनयसिप–२०२४ अन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

तामाङको पहिलो रोजाइमा मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले स्थान बनाएका छन् । यी दुवै खेलाडी चोटका कारण लामो समय मैदानबाट बाहिर बसेका थिए । प्रतियोगिताको साविक उपविजेता नेपाल यसपटक समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै, भुटान, माल्दिभ्स र श्रीलंका छन् । 

यसअघि आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० को जित निकालेको थियो । 

नेपालको सुरुआती–११ :
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), पुजा राना, अमृता जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मीकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर, अमिषा कार्की

nE-1729250116.png
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro