site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मारिए हमास प्रमुख याह सिनवार ?
SkywellSkywell

काठमाडौं । हमासले इजरायलमा ७ अक्टोबर २०२३ मा हमला गरेदेखि नै इजरायली सेना हमास प्रमुख याह सिनवारको खोजीमा थियो । याह सिनवार हमास प्रमुख हुन् । एक वर्षयता चलिरहेको इजरायल हमास युद्धको अधिकांश समय गाजामा बनेका सुरुङमा बस्थे ।
 
६१ वर्षे सिनवारको साथमा उनका अंगरक्षक पनि हुन्थे । सिनवार हमासले बन्धक बनाएकाहरूलाई आफ्नो सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेका थिए । तर, इजरायली सेनाले गाजाको रफाह क्षेत्रमा भएको दोहोरो भिडन्तमा सिनवारको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार उनीहरूको एउटा ब्रिगेड गाजाको रफाहमा गस्ती गरिरहेको थियो । गस्तिका क्रममा इजरायली सेना र हामासबीच भिडन्त सुरु भयो । भिडन्तमा हमासका तीनजना मान्छे मारिए । इजरायली सैनिकले आफूले मारेका हामसका व्यक्तिको पहिचान गर्न सुरु गरेको थियो । उनीहरूले याह सिनवार जस्तै व्यक्ति पनि मारिएको देखे ।

KFC Island Ad
NIC Asia

मारिएका व्यक्ति हमास प्रमुख याह नै हुन् कि होइनन् भन्ने यकिन गर्न इजरायली सेनाले उनको औंला काटेर इजरालय परीक्षणका लागि पठायो । इजरायली सेनाका अनुसार मुडभेड सुरु भएपछि सिनवार अग्लो घरतिर भागिरहेका थिए । उनलाई ड्रोनबाट निसाना बनाएर मारिएको हो ।

सिनवार कुनै योजनावद्ध अपरेसनमा मारिएका होइनन् । इजरायली सेनाका अनुसार उनी अचानक भएको मुडभेडमा मारिएका हुन् । गोप्य जानकारी पाए अनुसार सिनवार रफाह क्षेत्रमा रहेको जानकारी भए पनि उनी ठ्याक्कै कहाँ छन् भन्ने इजरायललाई पनि जानकारी थिएन ।

सिनवारको मृत्युसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ठूलो जित हासिल गरे पनि युद्ध अन्त नहुने बताएका छन् । ७ अक्टोबर २०२३ मा इजरायलमाथि भएको हमलमा याह सिनवार नै मुख्य जिम्मेवार रहेको इजरायली बुझाइ छ ।

यसअगाडि सिनवारलाई इजरायलले आफ्नो जेलमा २३ वर्षसम्म्म कैदी बनाएर राखेको थियो । सन् २०११ मा हमास र इजरायलबीच कैदी साटफेटर गर्ने सम्झौता हुँदा उनलाई इजरायलले रिहा गरेको थियो ।

सिनवारको मृत्युसँगै हमासले युद्ध विराम गर्नसक्ने अपेक्षा गर्न थालिएको छ । १९६२ मा गाजाको एउटा शरणार्थी शिविरमा जन्मिएका सिनवारलाई हमासका सबैभन्दा शक्तिशाली नेताका रूपमा लिने गरिन्छ । १९८७ मा हमासको स्थापना भएलगत्तै उनी हमाससँग जोडिएका थिए । अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro