site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०२४ मा २८१ सहायताकर्मीको मृत्यु भएको राष्ट्रसंघद्वारा पुष्टि
SkywellSkywell

जेनेभा । सन् २०२४ लाई मानवीय सहायताका लागि सबैभन्दा घातक वर्ष घोषणा गरिएको संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले शुक्रबार बताएका छन् ।

संयुक्त राष्ट्रसंघका मानवीय मामिला तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले भने,“मानवीय सहायताकर्मीहरू अकल्पनीय दरमा मारिएका छन्, उनीहरूको साहस र मानवतालाई गोली र बमको निशाना बनाइएको छ ।”

सन् २०२३ मा ३३ देशमा २८० जना मानवीय सहायताकर्मीको मृत्यु भएको थियो तर सन् २०२४ सकिन करिब एक महिना बाँकी रहँदा २८१ मानवीय सहायताकर्मीको मृत्यु भइसकेको छ ।

KFC Island Ad
NIC Asia

फ्लेचरले भने,“यो हिंसा सहायता अभियानका लागि अकल्पनीय र विनाशकारी छ ।”

“द्वन्द्वरत राष्ट्र र पक्षहरूले मानवताको रक्षा गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ, यस्ता हिंसात्मक घटनाका लागि जिम्मेवारहरूलाई कारबाही गर्नुपर्छ र दण्डहीनताको युगको लागि आह्वान गर्नुपर्दछ ।”

Royal Enfield Island Ad

गाजामा इजरायलको विनाशकारी युद्धका कारण सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्लूएका तीन सहायताकर्मीको मृत्यु भएको उनको कार्यालयले जनाएको छ ।

यसैबीच, ओसीएचएका प्रवक्ता जेन्स लार्र्कले जेनेभामा पत्रकारसँग कुरा गर्दै यूएनआरडब्लूएका २४३ जना कर्मचारीको मृत्यु भएको बताए ।

गाजाबाहेक अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कंगो, सुडान र युक्रेनलगायत विभिन्न देशमा सहायताकर्मीहरू अपहरण, चोटपटक, उत्पीडन र स्वेच्छाचारी रूपले हिरासतमा राखिएको एजेन्सीले जनाएको छ ।

फ्लेचरको कार्यालयले एक विज्ञप्तिमार्फत् दिएको जानकारीअनुसार मृत्यु हुनेमा अधिकांश गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघका निकाय र रेडक्रसको रेड क्रिसेन्ट अभियानमा कार्यरत स्थानीय कर्मचारी रहेका छन् ।

“मानवीय सहायताकर्मीहरूविरुद्ध हुने हिंसा द्वन्द्वग्रस्त क्षेत्रमा सर्वसाधारणलाई हानि पुर्‍याउने व्यापक प्रवृत्तिको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ।

फ्लेचरले भने, “सन् २०२३ मा १४ वटा देशका सशस्त्र द्वन्द्वमा ३३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो । यो सन् २०२२ को तुलनामा ७२ प्रतिशतले बढी हो ।”

ओसीएचएका प्रवक्ता लार्र्कले मानवतावीय सहयोगका लागि खटिने व्यक्तिको हत्याको उच्च संख्या हुनुले आफूलाई बिचलित बनाएको बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत मे महिनामा सहायताकर्मीहरूविरुद्ध बढ्दो हिंसा र धम्कीको प्रतिक्रियास्वरूप एक प्रस्ताव पारित गरेको थियो ।

अर्को हप्ता हुने परिषद्को बैठकमा प्रस्तुत हुने संयुक्त राष्ट्रसंघका प्रमुखसँग यस्ता घटनाको नियन्त्रण र प्रतिकार्यका उपाय तथा मानवीय कर्मचारीको सुरक्षा र दुर्व्यवहारका लागि जवाफदेहीता बढाउने उपायका बारेमा सुझाव माग गरिएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro