site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ट्वान्टी–२० शृंखलामा अमेरिकाविरुद्ध नेपाल १७ रनले विजयी

काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले १७ रनको जित निकालेको छ ।

शुक्रबार बिहान ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४७ रनमात्र बनायो ।

सयक जाहागिरले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, आन्द्रियस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहलले १६ रन बनाए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै, रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो । 

नेपालका कप्तान रोहितकुमार पौडेल अर्धशतक बनाउन एक रनले चुके । उनले ३३ बलमा चार चौका र एक छक्कासहित ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । ओपनरद्वय अनिल साह र आसिफ सेखले समान २७ रन जोडे । गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन थपे । नेपालका करण केसी र आरिफ सेख भने गोल्डेन डक भएका थिए ।

अमेरिकाका सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मीत सिंहले समान दुई विकेट लिए । अली खान र नोस्थुस केन्जिगेको नाममा एक–एक विकेट रह्यो ।

यी दुई टिमबीच ट्वान्टी–२० शृंखलामा तीन खेल हुने तालिका छ । पहिलो खेलमा जितसँगै नेपालले शृंखलामा १–० को अग्रता बनाएको छ । शृंखलाको दोस्रो खेल अक्टोबर २० र तेस्रो खेल अक्टोबर २१ मा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro