site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
टिकटकले नेपालमा बाढी सम्बन्धी प्रमाणित जानकारी दिने इन-एप सुविधा ल्यायो !

काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रियास्वरूप, टिकटकले प्रयोगकर्ताहरूलाई समयमै  सही सूचनाको पहुँच सुनिश्चित गर्न इन-एप फिचर सुरु गरेको छ। 

यस फराकिलो प्लेटफर्मको फाइदा उठाउँदै, टिकटकले अब नेपाली र अंग्रेजी दुवै भाषामा बाढी-सम्बन्धित किवर्डहरू खोज्ने प्रयोगकर्ताहरूलाई  नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आधिकारिक वेबसाइटमा निर्देशित गर्नेछ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाहेक, व्यक्तिगत र सामुदायिक सुरक्षाको बारेमा थप जानकारी र सुझावहरूका लागि, प्रयोगकर्ताहरूले "दुःखद सुरक्षा केन्द्र " मार्फत जान सक्छन्। त्यस्ता इन-एप पहलहरूले प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा विश्वसनीय स्रोतहरूबाट प्रमाणित अपडेटहरु र निर्देशनहरू प्राप्त गरी, प्राकृतिक प्रकोपको समयमा सुरक्षा सुनिश्चित गर्ने जनाइएको छ ।

बिशेषत:आपतकालिन अवस्थामा, भ्रम वा सम्भावित खतरा निम्त्याउन सक्ने गलत सूचनाको  प्रसारलाई न्यूनीकरण गरेर टिकटक आफ्ना प्रयोगकर्ताहरूको सुरक्षालाई प्राथमिकता दिन प्रतिबद्ध रहेको जनाइएको छ। प्राधिकरणको आधिकारिक जानकारीमा बाढी जस्ता प्राकृतिक प्रकोपहरू बारे खोजीहरू सहजिकरण गरेर, टिकटकले प्रयोगकर्ताहरूलाई विशेष गरी नेपालको बाढी-प्रवण क्षेत्रहरूमा संकटको समयमा र पछि सूचित निर्णयहरू गर्ने कुरा सुनिश्चित गर्ने जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्