विदेश

काठमाडौं । इजरायल र इरानबीचको संघर्षमा अमेरिकाले सैन्यरूपमा संलग्न हुने योजना बनाइरहेको समाचारहरू आउँदै गरेको समय अमेरिकी लडाकू जेटहरू इङ्ल्यान्डको पूर्वी क्षेत्रमा रहेको रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडेका छन् ।
एक फोटोग्राफरले लिएका तस्बिरहरूमा कम्तिमा एफ–३५ लडाकू जेटहरू रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडान भर्दै गरेका देखिएका छन् ।
यी जेटहरूसँग एयर रिफ्युलिंग ट्यांकर विमान (इन्धन आपूर्ति गर्ने विमान) पनि थिए । बीबीसी
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ ०६:२३
प्रतिक्रिया दिनुहोस्