site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एन्ड्रोइड १५ गुगलको पिक्सेल फोनमा उपलब्ध, के छन् विशेषता ?

काठमाडौं । गुगलको स्मार्टफोन ब्रान्ड पिक्सेल फोनहरूमा एन्ड्रोइड १५ उपलब्ध भएको छ । गत महिना सार्वजनिक भएको अपरेटिङ सिस्टमा गोपनीयता फिचर, सुरक्षा उपकरणदेखि फोल्डेबल तथा ट्याबेलटका लागि सुविधा थपिएको छ ।

एन्ड्रोइड ओपन सोर्स प्राजेक्टमार्फत गत महिना सेप्टेम्बरमा सार्वजनिक भएको अपरेटिङ सिस्टम उपलब्ध गराउने गुगलको पिक्सेल पहिलो ब्रान्ड बनेको छ ।

Dabur Nepal
NIC Asia

एन्ड्रोइड १५ मा रहेको महत्त्वपूर्ण फिचरमध्ये एक हो, प्राइभेट स्पेस । जसमा आफ्नो फोनमा रहेका बैंकिङ, डेटिङजस्ता एपहरू लुकाउन सकिन्छ । त्यसरी लुकाएका एप चलाएको नदेखिने, नोटिफिकेसनमा नदेखिनेदेखि सेटिङमा पनि नदेखिने भनिएको छ ।

प्राइभेट स्पेसमा पहुँच पाउन थप प्रमाणीकरण चाहिने र उक्त प्राइभेट स्पेससमेत प्रयोगमा रहेको लुकाउन सकिने गुगलले जनाएको छ ।

फोल्डेबल फोन र ट्याबेलटहरूमा एन्ड्रोइड १५ ले टास्कबर पिन तथा अनपिन गर्ने सुविधा दिएको छ ।

एन्ड्रोइभ १५ मात्रै नभएर एन्ड्रोइड प्रयोग गरिरहेका अन्य फोनमा चोरी भएको एआईबाट थाहा पाएर फोन आफैँ लक हुने, हराएको फोन अर्काे फोनबाट लक गर्न मिल्नेजस्ता सुविधा थपिने भएको छ ।

गुगलले पिक्सेल फिचर ड्रपमार्फत अब पिक्सेल ट्याब र फोन नजिक राखेर मिडिया फाइलहरू सेयर गर्न मिल्ने सुविधा पनि थप्ने बताएको छ ।

द भर्जबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro