site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निराजन र इजिकेललाई पदक
SkywellSkywell

काठमाडौंआईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्सच्याम्पियन्सिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेका छन् । जर्मनीको फ्रेङ्फर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफुसंघका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिए ।

महासचिव गुरुङका अनुसार, निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङ्ल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङ्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।

KFC Island Ad
NIC Asia

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङ्ल्यान्ड र स्कटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७०५ जना खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro