site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ महिला च्याम्पियनसिप आयोजनाको लागत चार करोड 

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आयोजनाका निम्ति चार करोडभन्दा बढी खर्च हुने भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका निम्ति चार करोड ६० हजार ८०० रुपैयाँ आयोजना लागत रहेको बताएको हो । 

एन्फाले कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिएको छ । प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका सातै देश माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदै छन् । सहभागी टोलीमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टिम बुधबारसम्म नेपाल आउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली, लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको प्रवक्ता शाहले बताए । 

प्रतियोगिताको समूह चरणका खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको छ । यस्तै, नकआउट चरणका खेलहरूको टिकटदर साधारण पारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ कायम गरिएको प्रवक्ता शाहले बताए । 

च्याम्पियनसिपका लागि दशरथ रंगशालालाई पूर्ण रूपमा तयार पारिएको एन्फाका प्रतियोगिता निर्देशक सञ्जिव मिश्रले बताए । “यसअघि एएफसीको प्रतियोगिताअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलका दौरान मैदानमा देखिएको कमजोरीले साफमा पनि त्यस्तै हुन्छ भन्ने धेरैको चासो छ । तर, यसपटक प्रतियोगिताका निम्ति मैदानलाई एन्फाले उत्कृष्ट रूपमा तयार पारेको छ । अब मैदानमा त्यस्तो हुँदैन भन्ने विश्वास छ,” पत्रकार सम्मेलनमा मिश्रले भने ।

च्याम्पियनसिपमा सहभागी सात टोली दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । 

यस्तै, दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro