site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलबारे सात दिनभित्र सहमति नगरे कानुनी उपचारमा जाने अख्तरको चेतावनी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को नामप्रति आमीर अख्तरले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अख्तरले क्यानको आयोजनामा हुन लागेको 'नेपाल प्रिमियर लिग' आफ्नो नाममा दर्ता भएको बताएका छन् । तर, पनि नामसारीका निम्ति क्यानले कुनै कदम नचालेको अख्तरको भनाइ छ ।

अख्तरले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप), कम्पनी रजिस्टार कार्यालय र एनपीएलमा सहभागी सबै फ्रेन्चाइज टोलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनले पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल) आफ्नो एकल स्वामित्वमा रहेको बताएका छन् । अख्तरले प्रतियोगिता आयोजना हुन लाग्दा आफू पनि खुसी रहेको बताउँदै क्यानलाई सहमतिमा नाम दिन सकिने जनाएका छन् । तर, क्यानले सात दिनभित्र आवश्यक कदम नचाले आफू कानुनी उपचार खोज्न बाध्य हुने अख्तरको चेतावनी छ ।

यस्तो छ अख्तरको ६ बुँदे धारणा

१. नेपाल प्रिमियर लिग (एनपीएल) मेरो एकल स्वामित्व भएको अधिकार प्राप्त कम्पनी हो तर सो लाइ नजरअन्दाज गर्दै क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) गराउछु भनी घोषणा गर्नु कानुन विपरित हो, तथा कानुनको उलन्घन गर्नु हो ।

२. नेपालमा एनपीएल होस् भन्ने मेरो चाहना तर कसैले कसैको अधिकार को हनन गर्नु पूर्णतया अन्याय हो ।

३. नेपालमा नेपाल प्रिमियर लिग (एनपीएल) भव्यतापूर्वक गर्नुपर्छ तर सो का लागी म एनपीएलका सञ्चालक तथा एकल शेयर धनी आमीर अख्तर र क्यानबीच आपसी सहमती तथा सम्झौता गरि नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन गर्नुहुन अनुरोध गर्दछु ।

४. क्यानले म आमीर अख्तरसँग आपसी सहमती तथा सम्झौता समन्वय गरेमा मात्रै मेरो कम्पनी नेपाल प्रिमियर लिग (एनपीएल) नेपालको प्रचलित कानुन वमोजिम क्यानको नाममा ट्रान्सफर तथा नामसारी दर्ता गर्नेछु, तत् पश्च्चात क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) बैध तथा कानुन सम्मत अधिकार पाउनेछ ।

५. हाल नेपाल प्रिमियर लिग (एनपीएल) मेरो एकल कम्पनी हो कुनै व्यक्ति तथा संघ संस्थाले उक्त नाम प्रयोग तथा कार्यन्वयनमा ल्याउन पाउने छैन यदि त्यस्तो भएमा नेपालको प्रचलित कानुन वमोजिम न्यायिक निकाय समक्ष न्याय माग्न बाध्य हुनेछु ।

६. नेपाल प्रिमियर लिग (एनपीएल) का टिम मालिक, फ्रेन्चाइजी र स्पोन्सर तथा अन्य कसैलाई अन्योल तथा भ्रम पूर्ण कार्य गर्नु गराउनु हुदैन भन्ने मेरो धारणा हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro