site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक संकटको विकल्प

मानव समाज उत्पत्ति भएपछि मानवले पहिलोचोटि अभ्यास गरेको राजनीतिक संस्कार प्रत्यक्ष प्रजातन्त्र थियो । व्यक्ति, परिवार र समुदायसम्म आइपुग्दा प्रत्यक्ष प्रजातन्त्रलाई प्रयोग गर्न सम्भव भयो । राज्यको उदय भएपछि भने प्रत्यक्ष प्रजातन्त्रको अभ्यास हुन सकेन ।

व्यक्तिको परिवार र समुदायसम्म पहुँच स्थापना हुँदासम्म प्रत्यक्ष प्रजातन्त्रले काम गरेको देखिन्छ । तर समुदायको घेराभन्दा ठूलो स्तरमा राज्यको उदय  भने व्यक्तिले राज्य स्तरमा आफ्नो उपस्थिति जनाउन विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने भयो । प्राकृतिक चुनौती, यातायातको कठिनाइ, शिक्षाको अभाव, सूचनाको अभाव जस्ता समस्याले व्यक्ति स्वयंले नै राज्य स्तरमा उपस्थित भएर आफ्नो प्रत्यक्ष सहभागिता जनाउन असम्भव प्रायः भयो । फलस्वरूप व्यक्ति स्वयंले आफ्नो सक्षम प्रतिनिधिद्वारा आफ्नो अभिमत व्यक्त गर्ने व्यवस्थाको थालनी भयो । यही व्यवस्था राजतन्त्रात्मक व्यवस्थादेखि आजसम्मको व्यवस्थामा स्थापित भएर रहेको छ । 

समृद्ध प्रतिनिधिमूलक व्यवस्थाको सुरु आजभन्दा ५०० वर्ष अगाडि भए पनि त्यसभन्दा अगाडि पनि राजतन्त्रात्मक व्यवस्थालाई नै प्रतिनिधिमूलक व्यवस्थाकै रूपमा चित्रित गर्न सकिन्छ । तसर्थ राज्यको उदयसँगै तत् समयमा भएका विभिन्न कठिनाइहरूको समाधान गर्ने साधन उपलब्ध नहुँदा राज्यले व्यक्तिले प्रतिनिधिमूलक व्यवस्थालाई स्वीकार्न पर्ने बाध्यता थियो ।

आजको स्थितिमा आइपुग्दा भने व्यक्ति स्वयंले राज्य र विश्व स्तरमा नै आफ्नो प्रत्यक्ष सहभागिता जनाउन सक्ने यातायात, सञ्चार, शिक्षा तथा विज्ञान प्रविधिको गुणका व्यक्तिले अब आफ्नो प्रतिनिधिद्वारा आफ्नो मत जाहेर गर्नुभन्दा पनि मत र निर्णय जारी गर्न सक्छन् । आफ्नो कुनै प्रतिनिधिद्वारा आफ्नो निर्णय गराउने व्यवस्था आफ्नो समयको उन्नत व्यवस्था नै थियो । 

परिस्थितिले निमन्त्रण गरेका कारण त्यो व्यवस्था आएको थियो । तर आज परिस्थिति बदलिएपछि यो व्यवस्था पुरानो र कमजोर भएको छ । यस व्यवस्थाको विकल्पमा अब जनताले आफैँ सहभागी हुने र मत जाहेर गर्ने अनि निर्णय गर्नसक्ने परिस्थिति निर्माण भएको छ । विज्ञान प्रविधिले यो अवसर प्रदान गरेको वर्तमान परिवेशमा प्रतिनिधिमूलक व्यवस्था अब विश्व व्यवस्थामा टिकी रहन सक्दैन । यसको विकल्पका रुपमा प्रत्यक्ष प्रजातन्त्र आजको परिस्थितिले सहजरूपमा स्थापित गर्ने देखिन्छ । तसर्थ आज प्रत्यक्ष प्रजातन्त्र स्थापित गरेर आजसम्मको सम्पूर्ण व्यवस्थालाई विस्थापित गर्ने बेला आएको छ । यही राजनीतिक मान्यतामा हामी सबै एकजुट भएका छौँ ।

धर्ममा आधारित युगदेखि वर्तमान वर्तमान राजनीतिमा आधारित व्यवस्थासम्म आइपुग्दा व्यक्ति, परिवार र समुदायलाई विभाजन गर्नेबाहेक अरू केही काम हुनसकेन । धर्मले व्यक्ति, समाज, परिवार र राज्य तथा विश्वलाई विभाजन गरेजस्तै राजनीतिक पार्टीले व्यक्ति परिवार समाज देश र विश्व समुदायलाई विभाजनमात्र गरिरहेको छ ।

विश्व व्यवस्थामा दुई प्रकारको राजनीतिक विभाजन स्पष्टसँग देखापरेको छ - एउटा प्रजातान्त्रिक अर्को समाजवादी । त्यस्तै देशभित्र पनि विभिन्न राजनीतिकहरु पार्टीहरू स्थापित भएर व्यक्ति, परिवार, समाजलाई विभाजन गर्ने काम गरिरहेका छन् ।

एउटा व्यक्तिले विश्वमा विकाऽस भएका सबै प्रकारका ज्ञान, सिद्धान्तहरूको अध्ययन, मनन र विश्लेषण गर्नका निम्ति परिस्थिति निर्माण नभएकाले अरूले भनिदिएको आधारमा धारणा बनाउनुपर्ने परिस्थिति छ । यसका कारण व्यक्ति, परिवार र समाज तथा विश्व समुदाय विभाजित हुन बाध्य थियो ।

आज विज्ञान प्रविधिको विशेषताको कारणले व्यक्ति स्वयंले नै ज्ञान विज्ञान र विश्व परिवेशलाई अध्ययन र मनन गर्नसक्ने स्थिति निर्माण भएको छ । यसले गर्दा के सत्य हो र के असत्य हो भन्ने ठम्याउन व्यक्ति स्वयंले सक्ने भएको छ । व्यक्तिले आफैँ सही र गलत छुट्याउन सक्ने परिस्थिति आज विज्ञान प्रविधिका कारण निर्माण भएको हो । यस परिवेशमा अब धर्म वा राजनीतिक व्यक्तिहरूद्वारा आफूलाई सुसूचित गराउनु पर्नेछैन । 

अबको समाज कसैले भन्दैमा टुटफुट र विभाजनमा जाने देखिँदैन । आजसम्मको सामाजिक टुटफुट र विभाजनलाई अन्त्य गर्न अब समसामयिक परिस्थितिका आधारमा नयाँ सामाजिक व्यवस्था निर्माण गर्न सम्भव भएको छ । टुटफुट र विभाजनयुक्त समाजको अन्त्य गर्ने सामूहिकतामा आधारित सामाजिक व्यवस्था निर्माणका निम्ति वस्तुगत परिस्थिति निर्माण भएकाले त्यसैका आधारमा अबको सामाजिक व्यवस्था निर्माण गर्न हामी उद्धत रहेका छौँ ।

चेतनात्मक क्रान्ति भएको झन्डै ६० हजार वर्षपछि मानिसले कृषि क्रान्तिद्वारा आफूलाई उत्पादन, वितरण र उपभोगमा समाहित गर्न पुगेको देखिन्छ । झन्डै १२ हजार वर्षअगाडिस मानिस प्रकृतिमा निर्भर थियो । ऊ उपभोक्तामात्र थियो । तर मानवले आफ्नो श्रमद्वारा कृषि क्रान्तिमार्फत् उत्पादन, वितरण प्रणाली सुरु गरेसँगै मानिसमा विभिन्न लोभ प्रलोभनहरूको विकास भयो । यसले गर्दा विविध स्वरूपका आर्थिक प्रणाली विकास हुन पुगे । त्यसको विकसितरूप आज पुँजीवाद स्थापित भएको छ । 

कृषि क्रान्तिद्वारा स्थापित भएको मानव श्रममा आधारित आजसम्मको आर्थिक प्रणालीलाई आजको परिस्थितिले चुनौती दिन थालेको छ । पहिलो औद्योगिक क्रान्तिदेखि आजसम्म आइपुग्दा मानव श्रममा आधारित आर्थिक प्रणालीलाई खुला चुनौती मिलेको छ ।

यस परिवेशमा मानव श्रममा आधारित आर्थिक प्रणालीलाई विस्थापित गरेर विज्ञान प्रविधिमा आधारित आर्थिक प्रणाली निर्माण हुने स्थिति पैदा भएको छ । मानव श्रममा आधारित आर्थिक प्रणाली रहुन्जेलसम्म मानिसले आफ्ना सबै आवश्यकता परिपूर्ति गर्न असम्भव प्रायः थियो ।

अब मानवीय प्रयत्नद्वारामात्र सम्पूर्ण मानवको आवश्यकता परिपूर्ति गर्न नसक्ने स्थिति पैदा भइसकेको छ। तसर्थ आजको युगमा विकसित विज्ञान प्रविधिमा आधारित आर्थिक प्रणालीद्वारा नै विद्यमान आर्थिक प्रणालीको अन्त्य गर्ने र उत्पादन, वितरण र उपभोक्तामध्ये अब मानवले उपभोक्ताको हैसियतमा मात्र काम गर्न सक्ने स्थिति पैदा भएको छ ।

आदिम समाजको भन्दा उन्नत उपभोक्ताका रूपमा अबको मानव समाज रहनेछ । अब मानवले जतिसुकै प्रयत्न गर्दा पनि विज्ञान प्रविधिको तुलनामा उत्पादन सामर्थ्य राख्न नसक्ने वर्तमान परिस्थितिलाई स्वीकार्दै आजको विज्ञान प्रविधिलाई जीवन प्रणाली बनाउन सक्नेगरी सोच्नुपर्ने स्थिति छ । अब आर्थिक प्रणाली बनाउन हातेमालो गर्दै उभिनुपर्ने परिस्थिति छ । विज्ञान प्रविधिमा आधारित आर्थिक व्यवस्थालाई अबको अर्थ प्रणालीका रूपमा अंगीकार गरौँ ।


(त्रिभुवन विश्वविद्यालयबाट एआईको समाजशास्त्रमा विद्यावारिधि शोधार्थी)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro