site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छविलाल एक महिनादेखि थुनामा, रविलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’को पर्खाइमा प्रहरी
SkywellSkywell

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी करिब एक महिनादेखि थुनामा छन् । असोज ६ गते पक्राउ परेका जोशी कास्की प्रहरीको हिरासतमा छन् ।

उनीमाथि कास्की प्रहरीले सहकारी ऐन र संगठित अपराधमा अनुसन्धान जारी राखेको छ । यसबीचमा जोशीले रिहाइको माग गरेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनसमेत दिएका थिए । तर, सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न अस्वीकार गर्दै कास्की प्रहरीलाई विवेकपूर्ण निर्णय लिन भनेको थियो ।

पक्राउलगत्तै जोशीको बयान थालेको कास्की प्रहरी र सरकारी वकिल कार्यालयले प्रारम्भिक बयान भने सकिसकेको छ । तर, उनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छैन ।

KFC Island Ad
NIC Asia

जोशीले विभिन्न पाँचवटा सहकारीको रकम गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा आएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । यसबारे अध्यक्ष राई र गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई नै जानकारी रहेको उनको बयान छ । 

नेकपा (एमाले)का सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै जीबी राई, सदस्य कुमार रम्तेल, रवि लामिछाने र गोर्खा मिडिया सुरुवात गर्दाका सञ्चालन गर्दाका सञ्चालक जोशीलाई कारबाही सिफारिस थियो ।

सोही आधारमा जोशीलाई प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिई आफैँले जरुरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको थियो । रम्तेल भने यसअघि नै पक्राउ परिसकेका छन् । उनलाई जिल्ला अदालत कास्कीले सहकारी ठगीकै आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले कानुनअनुसार, जोशीमाथि अनुसन्धान जारी रहेको बताए ।

प्रहरी प्रधान कार्यालयले भने दसैँका बिदाका कारण अदालत बन्द रहेकाले सहकारी प्रकरणको अनुसन्धानमा केही ढिला भएको जनाएको छ । ‘‘एउटा त दसैँको बिदाको कारण सहकारी ठगीको अनुसन्धान अपेक्षाकृत ढंगले अगाडि नबढेको हो । अर्को प्रधानमन्त्री र गृहमन्त्रालयले समेत पछिल्लो समय खासै चासो देखाएका छैनन्,’’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

जीबी राई अझै फरार छन् । जीबीलाई पक्राउ गर्न प्रहरीले अन्तराष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत रेड नोटिससमेत जारी गरिसकेको छ । उनी मलेसियामा रहेको आंशका गरिए पनि अझै पक्राउ परेका छैनन् ।

लामिछाने पार्टीको काममा व्यस्त छन् । उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधानमन्त्री र गृहमन्त्रीको ‘ग्रिन सिग्नल’ पर्खिरहेको छ । गृहमन्त्रालय र प्रधानमन्त्रीको 'ग्रिन सिग्नल'बिना लामिछानेलाई पक्राउ गर्न सहज नहुने प्रहरी अधिकारीको भनाइ छ ।

छानबिन समितिले जीबी राईले सञ्चालनमा ल्याएका सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुनविपरीत गोर्खा मिडियामा रकम प्रवाह भएका किटान गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro