site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा एनसीपी नेता बाबा सिद्दिकीको हत्या
बाबा सिद्दिकी । फाइल तस्बिर ।

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ । गोली हानी उनको हत्या गरिएको हो ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

छोरा जीशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी भारतीय राष्ट्रिय कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा आबद्ध थिए ।

घटनाको जानकारी दिँदै मुख्यमन्त्री शिन्देले भने, “पूर्वमन्त्री बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उनको मृत्यु भयो । यो दुःखद घटना हो । दुई आरोपित पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो आरोपितलाई पनि छिट्टै पक्राउ गरिने कमिश्नरले मलाई बताएका छन् । पक्राउ गरिएका एक आरोपित हरियाणा र एक उत्तर प्रदेशका हुन् ।” बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro