site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि..., के हुन्छ कारबाही ?
फाइल तस्बिर ।

काठमाडौं । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालीन ढोका) खोलेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ ।

Dabur Nepal
NIC Asia

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए । 

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फर्काएका थिए । उक्त विमानको प्राविधिक जाँचपछि नियमित उडानमा रहेको बुद्ध एयरले जनाएको छ ।

यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ ।

केही साता यता यात्रुले विमानका इमरजेन्सी ढोका खोलेका घटना सार्वजनिकक भएका छन् । 

गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौं उडानमा र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए । 

यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ । 

उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro