site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलको पोस्टमा इटालीको चार गोल

काठमाडौं । यूईएफए नेसन्स लिग ‘ए’मा इटालीले इजरायलविरुद्ध ४–१ को सहज जित निकालेको छ ।

सोमबार राति ब्लुइनर्जी रंगशालामा भएको खेलमा इटालीलाई जित दिलाउन जिओभानी डी लोरेन्जोले दुई गोल गरे । ड्याभिड फ्राटेसी र माटेओ रेटेगुईले समान एक गोल थपे । इजरायलका मोहम्मद अबु फानीले एक गोल फर्काए ।

खेलको ४१औँ मिनेटमा माटेओले गोल गरेपछि इटालीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा लोरेन्जोले इटालीको अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा अबु फानीले गोल फर्काउँदै इजरायललाई २–१ को अवस्थामा ल्याएका थिए । तर, ७२औँ मिनेटमा फ्राटेसीले गोल गर्दै इटालीको अग्रतालाई पुनः ३–१ मा ल्याए । ७९औँ मिनेटमा लोरेन्जोले दोस्रो गोल गरेपछि इटालीले ४–१ को जित पक्का गरेको हो ।

लिगको समूह–२ मा रहेको इटाली हालसम्म अपराजित छ । इटाली चार खेलाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन इजरायल भने तालिकाको पुछारमा छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro