site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० रोपनी १४ आना जग्गासहित एमालेको पार्टी कार्यालय भाटभटेनी अध्यक्ष मीनबहादुर गुरूङले बनाइदिने 
SkywellSkywell

काठमाडौं । नेकपा एमाले आफ्नै पार्टी कार्यालयमा सर्नेगरी नयाँ भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरूङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका हुन् ।

उनले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने जनाइएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित एमाले कार्यालय बनाउन लागिएको हो ।

KFC Island Ad
NIC Asia

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनीका अध्यक्ष गुरूङले भवनको संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

minyamale-1728646312.jpg
 

एमालेका महासचिव शंकर पोखरेलले मीनबहादुर गुरुङ र सावित्री गुरुङले सो जग्गा दान गरेको बताए । गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । 

एमालेको कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पटक पटक बाढीले क्षति गरेपछि कीर्तिपुरमा नयाँ भवन बनाउन लागिएको हो ।

minbahadurjagga-1728646311.jpg
 

भवन शिलान्यासपछि गुरुङले आफूले सबै पार्टीलाई सहयोग गरेको र एमालेलाई पनि सोहीअनुसार सहयोग गरेको बताए । उनले शिलान्यास गरिएको भवन एक वर्षभित्र बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro