विदेश
लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यस्थित सुनखानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलिन सुनखानीमा उपकरणमा खराबी भएको थियो ।
स्थानीय समाचार अनुसार, खानीबाट ११ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार भइरहेको छ ।
खानी क्रिप्पल क्रिक, कोलोराडोनजिकैको पर्यटकीय गन्तव्य हो । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्