site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल कीर्गिस्तानसँग पराजित
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा बिहीबार भएको खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । नेपालले सुरुआती दुई सेट २३–२५ र २१–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट नेपालले आफ्नो पक्षमा पार्‍यो । नेपालले २५–२१ र २५–२२ ले जित्यो । तर, खेलको अन्तिम तथा निर्णायक सेटमा नेपाल कीर्गिस्तानसँग १७–१९ ले पछि पर्‍यो । र, अन्तत नेपालले हार व्यहोर्‍यो ।

नेपालले चार खेलबाट सात अंक जोडेको छ । यसअघि, श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३–१ सेटको हार व्यहोरेको थियो ।

यता कीर्गिस्तानको चार खेलबाट चार अंक छ । यसअघि, उज्वेकिस्तान र तुर्केमेनिस्तानसँग समान ३–० को पराजय व्यहोरेको कीर्गिस्तानले श्रीलंकाविरुद्ध ३–२ सेटको जित निकालेको थियो ।

अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्तानसँग खेल्नेछ । प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्केमेनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro