site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
कर्णाली यशभीएसले काठमाडौंलाई स्तब्ध पार्दा ललितपुर फाइनलमा 
SkywellSkywell

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको अबेर रातिसम्म भएको खेलमा कर्णाली यशभीएसले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेट स्तब्ध पार्दा ललितपुर क्विन्स फाइनलमा पुगेको छ ।

शुक्रबार राखेपको कभर्डहलमा मध्यरातसम्म भएको रोमाञ्चक खेलमा कर्णालीले काठमाडौंविरुद्ध उत्कृष्ट जित निकाल्दै जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

KFC Island Ad
NIC Asia

काठमाडौंले फाइनल पुग्न जित्नैपर्ने खेलको पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दा त्यसपछि तीन सेटमा कर्णालीले उत्कृष्ट खेल पस्किँदा तीनवटै सेट लगातार आफ्नो पक्षमा पार्दा काठमाडौं स्तब्ध बन्यो ।

कर्णालीले दोस्रो सेट २५–१४, तेस्रो २५–२३ र चौथो सेट २५–१२ ले जित्यो ।

काठमाडौं पराजित हुँदा प्रतियोगिताबाट बाहिर हुँदा ललितपुर क्विन्सले फाइनलमा प्रवेश पायो ।

फाइनल खेलमा आज शनिबार साझ ५ः३० बजे अपराजित कर्णाली यशभीएस र ललितपुर क्विन्सले प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro