site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललितपुर क्विन्सद्वारा चितवन शक्ति पराजित, क्विन्सको फाइनल सम्भावना कायमै

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा चितवन शक्तिलाई ३–१ सेटमा पराजित गर्दै ललितपुरले फाइनल यात्रा जीवितै राखेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको हो ।

खेलको पहिलो सेट २५–१९ अंकले गुमाएको ललितपुर त्यसपछिका तीनवटै सेट लगातार जितेको थियो ।

ललितपुरले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–२१, २५–१६ र २५–१९ ले जितेको हो ।

ललितपुरको फाइनल पुग्ने सम्भावना कायमै रहे पनि चितवन शक्ति भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आजको अन्तिम खेलका साथै लिग चरणको अन्तिम खेल कर्णाली यशभीएस र काठमाडौं स्पाइकर्सका बीच हुनेछ ।

यो खेलको हार जितले काठमाडौं र ललितपुरमा कुन टिम फाइनलमा पुग्ने र कुन टिमको यात्रामा पूर्णविराम लाग्ने हारजितले टुंगो लाग्नेछ ।

कर्णालीले यशभीएस भने बिहीबार नै फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगको फाइनल खेल शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro