site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता

सन् १९९५ मा अमेरिका पुगेका विवेक शेरचन १५ वर्ष त्यहीँ बसे । अमेरिकामा बस्दा रेष्टुरेन्टमा जागिर गरे, त्यसपछि नेपाल फर्किए । नेपालमा आएपछि उनी त्यसै बस्न सकेनन् । जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्ने मनस्थिति बनाएका विवेकले रेष्टुरेन्ट व्यवसायमा हात हाले । सन् २०२४ सम्म आइपुग्दा उनको रेष्टुरेन्टले नेपालमा छुट्टै पहिचान बनाउन सफल भएको छ । 

चर्चित बनेको रेष्टुरेन्टमा गत हप्ताअघि एक सामाजिक सञ्जाल प्रयोगकर्ता पुगेर पानी किन्दा रेष्टुरेन्टले बढी मूल्य लिएको भन्दै भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन् । पानीमा बढी मूल्य लिएको भन्दै सञ्जालमा विवाद भयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विना कुनै चेतावनी तीनलाख जरिबाना गरायो । 

Argakhachi Cement Island Ad

अब बोतलको पानीको मूल्य कसले तोक्ने ? प्रतिष्पर्धात्मक बजारमा बजारले नै तोक्ने नि राज्यका निकायले ? अनि चाडपर्वको बेलामामात्रै राज्यका निकायको अनुगमनको अर्थ के ? लगायतका विषयमा शेरचनसँग बाह्रखरीका कमल धितालले कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा शेरचनले आजभोलि आफ्नो भ्यूज र लाइक बटुल्नको लागि धेरैले यस्तो हर्कत गर्ने गरेका छन् । गत हप्ताको भिडियो पनि त्यही एउटा पाटो भएको उनको भनाइ छ ।

“मान्छेले कति दुःख र तपस्या गरेर व्यवसाय गरेको हुन्छ । त्यसमा आउने अनि केही भ्यूज र लाइकका लागि यस्तो स्टन्ट गर्‍यो,” उनले भने, “उहाँ आएर हाम्रो स्टोरबाट पानी लिएको सो पानी अन्य स्थानमा पनि पाइने मूल्यमा बेच्नुपर्ने माग गर्नुभयो । ठीकै थियो । पानी एमआरपीमै पाउनुपर्ने उहाँको माग धेरै ब्लो अप भएपछि भोलिपल्ट वाणिज्य विभाग आएर लोकप्रियताको लागि हामीलाई जरिवाना गराएर जानु भयो ।”

उनका अनुसार व्यवसायीलाई लिखित रुपमा पानी यतिमा बेच्नुपर्छ भन्ने कतै सूचित गरिएको छैन । 
“हामीले रेस्टुरेन्टमा प्रयोग हुने पानी जारको प्रयोग गर्ने गरेका छौं । हामी पानी जसले माग गर्छ उसैलाई मात्रै दिने गरेका छौं,” उनले भने, “हामीले आइसमा राखेका छौँ, अनि तातो बनाएर दिएका छौँ भने त्यसको मूल्य कसरी लिने ? तोक्ने कसले ?”

आफूहरुलाई जरिबाना गराएको भोलिपल्ट एमआरपी तोकिएको उनी बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्