site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया रग्बीमा नेपालको महिला र पुरुषको खराब प्रदर्शन

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद् प्रदर्शन गर्न सकेनन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैमा नेपालले समान दुई हार सामना गरेका छन् । 

समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार सामना गरेको हो । उज्वेकिस्तानले चार ट्राइ र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात गर्‍यो । बहराइनले भने पाँच ट्राइ र एक कनभर्जन गर्दै समूहको शीर्ष दुईको सम्भावना बलियो बनायो । नेपालका रोहन डंगोल ट्राइमा रहँदा बहराइनले ‘हाइ ट्याकल’ गर्‍यो । 

Dabur Nepal
NIC Asia

सोहीअनुरूप नेपालले पेनाल्टी ट्राइमार्फत सात अंक बटुलेको हो । लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली बल च्याम्पियनसिपका लागि खेल्ने भएको छ । समूह ‘ए’ मा रहेको नेपाली महिला टोलीले पनि फिलिपिन्स र ग्वामसँग हार व्यहोर्‍यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । फिलिपिन्सले सात ट्राइ र एक कनभर्जन गर्‍यो । नेपाल दोस्रो खेलमा ग्वामसँग पनि ५–१७ को स्कोरमा पराजित भयो । ग्वामले तीन ट्राइ र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजना राईले एक ट्राइ गरिन् ।

नेपालले शुक्रवार नै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टोलीले पनि दुई हारसँगै बल च्याम्पियनयनसिप खेल्ने भएको छ । शुक्रबार भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो । चाइनिज ताइपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो । 

महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो । पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो । प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro