site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा महिला लिग : पुलिससँग संकटा पराजित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार संकटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र संकटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले संकटा क्लबमाथि २–१ को जित निकाल्दै लिगमा छैटौँ जित निकालेको हो ।

पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरिन् । संकटाकी सेलिना एनिमाले गोल फर्काएकी थिइन् । लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुंगो लागिसकेको थियो । तर, दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्दै पहिलो चरणको खेल पूरा गर्न चाहन्थे ।

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अंकतालिकामा अग्रता लियो । यता, संकटाले भने नवौँ खेलमा पाँचौँ हार व्यहोर्दै लिग यात्रा टुंग्यायो । हारपछि संकटाले छैटौँ स्थानमा रहेर लिगको यात्रा टुङ्गाउने अवसर पनि गुमाउन पुग्यो । संकटा छैटौँ स्थानको वाग्मती युथ क्लबभन्दा तीन अंकले मात्र बढी छ ।

समान ९ खेलबाट वाग्मतीको १० अंक र संकटाको आठ अंक छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro