site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकमा प्रोफाइल खोल्दा फलोअर्स देखिन छाड्यो !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दाएकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ । फेसबुकमा बुधबार साँझ हेर्दा यस्तो देखिएको हो ।

फेसबुकमा भेरिफाइड ब्याज (ब्लू टिकमार्क) पाएका र नपाएका दुवै किसिमको व्यक्ति तथा संस्थाको प्रोफाइल खोलेर हेर्दा पहिले एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिने गरेको थियो । तर, अहिले धेरैजसो त्यस्ता पेज तथा प्रोफाइलमा त्यसरी फलोअर्स देखिएको छैन । कुनै प्रोफाइलमा भने देखिई नै रहेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गकै प्रोफाइल खोलेर हेर्दा पनि एकमुस्ट फलोअर्सको संख्या देखिएको छैन । यस्तै, चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको फलोअर्स पनि देखिएको छैन । तर, फेसबुकको मुख्य कम्पनी मेटाको फलोअर्स संख्या देखिएको छ ।

नेपालबाट मात्रै नभएर विदेशबाट हेर्दा पनि फेसबुकमा यसरी फलोअर्सको संख्या देखिन छोडेको छ । यो कुनै समस्या हो वा फेसबुकको नयाँ परिवर्तन हो भन्ने स्पष्ट भने भइसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro