site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बाढी/पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा नेपाली सेना
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ । 
    
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरेपछि उद्धारमा नेपाली सेनाको फौज खटाइएको छ । सोही नगरपालिका–४ स्थित त्रिशूलामा स्थानीयको घर भासिएपछि त्यहाँ पनि सेनाको टोली उद्धारका लागि फौज पुगेको जनाइएको छ ।
    
ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु माध्यमिक विद्यालय डुबानमा पर्दा पाँचजना फसेको खबर प्राप्त हुनासाथ सेनाको फौज उद्धारमा खटाइएको नेपाली सेनाले जनाएको छ । 

ललितपुर उपमहानगरपालिका–२ स्थित नख्खु इलाका डुबान परेकाले उद्धारका लागि फौज खटाइएको छ । 
    
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको लेप्रेसी अस्पतालमा पहिरो जाँदा तीनजना पुरिएकाले उद्धारका लागि अहिले नेपाली सेनाको फौज जुटेको जनाइएको छ ।

काठमाडौंको त्रिपुरेश्वर, थापाथली क्षेत्रमा डुबान परेकाले त्यहाँ पनि उद्धारका लागि सेना खटाइएको छ । पाँचथरको फिदिम नगरपालिका–४ घर पुरिएपछि नेपाली सेना उद्धारमा जुटेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro