site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगञ्ज बालसुधार गृहको तनाव : अनुगमन भन्दै महिनामा सातपटकसम्म पुगेपछि आक्रोशित

काठमाडौं । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना, बास लगायतको समस्या भएको भन्दै मंगलबार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

सुधार गृहमा बाल कैदीबन्दीहरूले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरूसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्सालसहितको टोलीले छलफल गरेका छन् । छलफलका क्रममा उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएपछि स्थिति सामान्य भएको थियो ।

बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ बाल कैदीबन्दी छन् । तर, सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दीहरू आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि प्रहरी प्रवक्ता लम्सालले बताए ।

उनले एक महिनामा अनुगमनका लागि भनेर ५/७ पटक भन्दा बढी टोलीहरू आउने क्रम रहेको बताए । यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरूले शोधपुछ गर्ने क्रममा तपाईंहरूका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर हालसम्म पूरा नगरेकोमा आफूहरूलाई जिस्क्याएको महसुस गरेर आक्रोशित भएको हुनसक्ने बताए ।

यसअघि २०८० भदौ २६ गते पनि बालसुधार गृहमा बालकैदीबन्दीहरूबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro