देश
काठमाडौं । गृह मन्त्रालयले उद्धार तथा सहायता प्रभावकारी बनाउन केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
बैठक बिहान साढे १० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्नेछ ।
उनले देशका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनुका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको भन्दै सतर्क रहन आग्रह गरेका छन् ।
मन्त्री लेखकले सुरक्षित स्थानमा बसी उच्च सतर्कता अपनाउन भनेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १०:०३
प्रतिक्रिया दिनुहोस्