site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

आज बिहान ३ः३० बजे सडकमाथिबाट ढुंगाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । ढुंगाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उनले बताए ।   

साना गाडीका लागि एकतर्फी सवारी आवतजावत खुलाउने कोसिस भइरहेको उनले बताए । ग्याबिन जालीसहितको पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएका कारण ठूला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालले बताए ।  

सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् । पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । 
    
इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि उक्त सडक अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro