site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमलाई हराउँदै कोसी दोस्रो चरणमा 

काठमाडौं । सुदूरपश्चिम प्रदेशविरुद्ध ४–० को जित निकाल्दै कोसी प्रदेश फुटबल संघ राष्ट्रिय महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा कोसीलाई जित दिलाउन समीक्षा मगरले दुई गोल गर्दा ममता राउत र खुस्मा राईले समान एक गोल थपे ।

खेलको २३औँ मिनेटमा ममताले गोल गरेपछि पहिलो हाफमा कोसीले १–० को अग्रता बनाएको थियो । ५१औँ मिनेटमा समीक्षाले कोसीको अग्रता दोब्बर बनाइन् । ६४औँ मिनेटमा समीक्षाले नै कोसीको अग्रता ३–० मा पुर्‍याइन् । यस्तै, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा खुस्माले गोल गरेपछि कोसीले ४–० को जित पक्का गरेको हो ।

जितसँगै कोसी तालिकाको पाँचौँ स्थानमा रहँदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भने जितविहीन बनेको छ । सुदूरपश्चिमले तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro