site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुपारी, केराउ र मरिचको आयात खुला

काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । ०७६ चैत २४ गतेबाट आयातमा प्रतिबन्ध लगाइएकामा चालु आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात खुला गरेको हो ।

सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै थियो । तर, औद्योगिक प्रयोजनका लागि हरेक आर्थिक वर्ष यी वस्तुको आयात खुला गरिने गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

गत वर्षजस्तै यो वर्ष पनि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी चालु आवका लागि आयात खुला गरेको हो ।

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ को प्रक्रिया पूरा गरी आव ०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा यी वस्तु आयात खुला गरिएको सचिव कार्कीको भनाइ छ । यस्ता वस्तु आयाग गर्ने कम्पनीले उद्योग विभागको स्वीकृति लिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro