site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'दसैं तिहारमा सौराहा' योजना 
SkywellSkywell

चितवन । नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले "दसैं तिहार सौराहामा” योजना ल्याएको छ । 

असोज १५ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १३ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

Dabur Nepal
NIC Asia

यस प्याकेजमा सहभागी हुनेले वेल कम ड्रिंक्स, दुई रातको लागि सुपर डिल्क्स कोठा, दुई वटा लन्च, दुई वटा डिनर,ब्रेकफास्ट सहित जीप सफारी, डुङ्गा सयर, हात्ती प्रजनन् केन्द्र भ्रमण, थारु नाच अवलोकन, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए । 

यो प्याकेज अन्तर्गत आउने पर्यटकलाई सौराहामा रहेको क्याफे दी सफारीमा एउटा कफीको कुपन समेत दिइने उनले बताए। कोभिडपछि विस्तारै गति लिँदै गएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको महत्व धेरै रहेकोले आन्तरिक पर्यटकलाई घुम्न जोड दिन यो अफर लिएर आएको उनले बताए ।

यो अफर प्राप्त गर्न कम्तीमा दुई जना हुन पर्ने छ। ५ वर्ष मुनिका लागि नि:शुल्क छ भने ५-१० वर्षको हकमा २५ % छुट हुने कम्पनीले जनाएको छ।  

“हामीले विगत  एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले हरेक वर्ष पनि निरन्तरता दिंदै छौं,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro