site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
समिरप्रेरित नेपालको सहज जित
SkywellSkywell

काठमाडौं । समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यू–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेइविरुद्ध३–१ को सहज जित निकालेको छ ।

सोमबार न्यू ताइपेइस्थित फू जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालको जितमा समिर नायक बने ।

Dabur Nepal
NIC Asia

खेलको ३२औँ मिनेटमा समिरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै समिरले नै नेपालको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा घरेलु टिमका याङ चाओजिङ गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो ।

खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा समिरले ह्याट्रिक पूरा गरेपछि नेपालले सहज जित निकालेको हो । प्रतियोगितामा नेपालले खेलेको दुईमध्ये दुवै खेलमा गोल गरेका समिरको यो चौथो गोल हो । उनले यसअघि कम्बोडियाविरुद्ध पनि गोल गरेका थिए ।

यसअघि, नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहीन छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro