site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
भ्याली स्लाम टेनिसमा इलमको विजयी सुरुआत
SkywellSkywell

काठमाडौं । इलम दीक्षितले बीवाईडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्स सोमबार विजयी सुरुआत गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मनोज महर्जन विरुद्धको खेलमा इलमले पहिलो सेट ६–० ले सहजै जितेका थिए । दोस्रो सेटमा इलम ४–० ले अगाडि रहेको स्थितिमा मनोज रिटायर्ड हर्ट भएपछि इमल विजयी घोषित भएका थिए ।

Dabur Nepal
NIC Asia

सोही स्पर्धाको अन्य खेलमा निरव तुलाधरले ओम प्रजापतिलाई ६–१ र ६–१, अमर श्रेष्ठले केल्साङ तेन्जिङ शेर्पालाई ६–० र ६–१, कुशलराज पाण्डेले सुन्निभ राजभण्डारीलाई ६–४ र ६–४, विशेष अमात्यले मेथ्यु बोसार्डलाई ६–१ र ६–३, अन्जन बानियाँले सौरव बाहेटीलाई ६–० र ६–०, छोमविक्रम शाहले सविन श्रेष्ठलाई ६–४ र ६–३, सोवित गौचनले शिखर भट्टराईलाई ६–० र ६–१ तथा मनोजकुमार श्रेष्ठले सुविर श्रेष्ठलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रणव वैद्यले सुविर श्रेष्ठलाई ६–२ र ६–१, मुकिम थापाले पासाङ शेर्पालाई ६–२ र ६–०, निजेज महर्जनले श्रीयोग अधिकारीलाई ६–० र ६–०, वृजेश अर्यालले सविन श्रेष्ठलाई ६–० र ६–०, देवाशिष रेउलेले कस्तुप पाण्डेलाई ६–० र ६–३, बोरिस अधिकारीले विपुल अधिकारीलाई ६–१ र ६–० तथा मिलन रोकायाले निश्चल कायश्थलाई ६–० र ६–१ ले हराए । निहालजंगबहादुर थापाले प्रशान्त पन्त तथा राजवीर प्रधानले विवेक श्रेष्ठबाट वाकओभर पाए ।

नेपाल टेनिस संघ र ढोकइमा क्याफेको सहयोगमा भइरहेको प्रतियोगिताको ३५ वर्षमाथि पुरुष डबल्समा सुनिभ राजभण्डारी र अमर गुरुङ (वाकओभर), सन्तोष खत्री र सुवास बस्नेत तथा सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडी विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा डेओनम लामा, राम राणा, कमल थापा र उत्तम बोगटीले सफलता पाए ।

६५ वर्षमाथि पुरुष डबल्समा पेमा टासी र कर्मा घलेको जोडीले जित हात पारे । ५५ वर्षमाथि पुरुष डबल्समा सुरज श्रेष्ठ र अमृतरत्न कंशाकारको जोडीले पहिलो चरण पार गरे ।

प्रतियोगिताको आयोजक हिमाल मिडियाका संस्थापक कुन्दमणि दीक्षितले प्रतियोगिता पर्यवेक्षक कृष्णराज घलेलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धा समावेश छन् । कुल ५ लाख ७६ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउने छन् । शनिबार सम्पन्न हुने प्रतियोगितामा १३९ खेलाडी सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro