site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलका लागि राखेपमा हेल्प डेस्क स्थापना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा हेल्प डेस्क स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डेस्कले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

डेस्कको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेस्कले काम गर्ने जानकारी दिए । उनका अनुसार, क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेस्कले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहजीकरण गर्ने छ ।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेस्कले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजनासम्बन्धी कार्य गर्ने गरी डेस्क स्थापना गरिएको हो ।

डेस्क उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेस्कमार्फत लिग सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेस्क स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro