site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरण : कागजमा एकथरि, बयानमा अर्कै !
SkywellSkywell

काठमाडौं । सहकारी सञ्चालक समिति सदस्य हुँदै ऋण लिएको देखिन्छ, कागजमा । तर बयानमा ती सञ्चालक अस्वीकार गर्छन् । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेखित बयानमा केही व्यक्तिहरुले नक्कली नाम खडा गरिएको दावा पेश गरेका छन् । सूप्रिम सहकारी संस्थाका पूर्वसचिव ठगी मुद्दामा कास्कीमा थुनामा रहेका दिपेश पुनले आफूलाई थाहै नदिइ सचिवको भूमिकामा राखिएको जिकिर गरेका छन् ।
 
“सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा मलाई थाहा जानकारी नदिई सचिवको रूपमा राखिएको रहेछ सो कुरा थाहा पाएपछि मैले तत्काल राजीनामा दिएको थिए । उक्त राजिनामा साधारणसभाबाट अनुमोदन भई सहकारी विभागमा समेत पेस गरेको छ । उक्त सहकारीको कार्यालय जिल्ला रूपन्देही बुटवल उप–महानगरपालिकामा रहेको छ,” उनले बयानमा भनेका छन् । 

सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? भन्ने समितिको प्रश्नमा उनले ६ महिनापछि मात्रै आफूलाई सचिव बनाएको बयान दिएका छन् । 

Dabur Nepal
NIC Asia

“उक्त संस्थाको साधारणसभामा मलगायत प्रदेश मन्त्रीहरू जनप्रतिनिधिहरू, सहकारी विभागका कर्मचारीहरूलाई अतिथिको रूपमा बोलाइएको थियो । सोही साधारणसभामा अन्य अतिथिहरूले जस्तै मैले पनी सहकारीकाबारेमा जाने, बुझेका कुराहरू राखेको थिए । त्यसबेला मैले उपस्थितिमा हस्ताक्षर गरी हिँडेको हुँ,” बयानमा उल्लेख छ । 

उनको बयानमा “त्यसबेला मलाई थाहा जानकारी नदिई सचिव पदमा राखेका रहेछन् । त्यसको ६ महिनापछि उक्त संस्थाका कार्यकारी निर्देशक सागर के.सी.ले यस संस्थामा अधिकांश बचतकर्ताहरू गुरुङ र मगर समुदायको भएको र तपाई पनि यही प्रदेशको भएको हुनाले तपाईंलाई सचिवमा राखिएको छ भनी थाहा जानकारी गराएका थिए । यसरी जानकारी पाउने बित्तिकै मैले राजिनामा दिएको हुँ । उक्त संस्था के कसरी सञ्चालन गरेका थिए, मलाई थाहा जानकारी भएन ।”

सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक सदस्य भविश्वर अर्यालले आफू कुनै पनि सहकारीको सञ्चालक र कर्मचारी नभएको दाबी गरेका छन् । 

“गितेन्द्रबाबु राईद्वारा सञ्चालित गोर्खा वेबलिङ्क प्रा.लि.मा म सिनियर सफ्टवेयर निर्माणकर्ताको रूपमा १६ मे २०१५ देखि १५ नोभेम्बर २०२२ सम्म कार्यरत थिएँ । त्यसको बिक्री वितरण सबै गोर्खा बेबलिङ्कले गर्दथ्यो । स्वयं गितेन्द्र बाबु राईले सञ्चालन गरेको ६ वटा सहकारी संस्थाहरू सहारा चितवन बहुउद्देश्यीय सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाहरूमा जि.सि.एस. बैंकिङ्ग नामको सफ्टवेयर प्रयोग गरिएको छ,” उनले बयानमा भनेका छन्, “उक्त सफ्टवेयरमा गोर्खा वेवलिङ्क प्रा.लि.को कपिराइट छ र उक्त कम्पनीको सफ्टवेयर डेभलपर (कर्मचारी) हुँ । म हालसम्म कुनै पनि सहकारीमा सञ्चालक तथा कर्मचारी रहेको छैन ।”

पोखरा महानगरपालिकाद्वारा भएको छानबिन प्रतिवेदन अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को २०७३ मंसिर १७ गतेदेखि २०७८ असोज १० सम्म सञ्चालक समितिको सदस्य रहेको समितिको प्रतिप्रश्नमा उल्लेख छ । उपस्थितिलगायतका कागजातमा हस्ताक्षर भएको देखिएको के हो भनी समितिले सोधेको छ । जवाफमा उनले सञ्चालक सदस्यका लागि आफूले कुनै आवेदन नै नदिएको जिकिर गरेका छन् ।
 
“यस विषयमा मलाई जानकारी छैन । उक्त सहकारीमा सञ्चालक सदस्यका लागि मैले कुनै आवेदन पनि दिएको छैन, कुनै बैठक, निर्णय र साधारणसभामा संलग्न भएको पनि छैन र राजीनामा पनि दिएको छैन । अहिलेको सञ्चालक समितिमा पनि छैन । उक्त सहकारीको कुनै पनि निर्णयमा हस्ताक्षर गरेको छैन,” उनले बयानमा भनेका छन्, “मैले विभिन्न माइन्युटलगायतका कागजात हेर्दा फरक फरक हस्ताक्षर छ । यस समितिले पनि हेर्न सक्छ । सो हस्ताक्षरको आधिकारिकता पुष्टि गर्न अदालत समक्ष माग गरेको छु ।”

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलको वित्तीय विश्लेषण प्रतिवेदन अनुसार मिति २०७८/०९/१२ मा उनको नाममा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैङ्गमा रहेको खातामा १ करोड ५६ लाख १५ हजार रकम जम्मा भएको देखिएको छ । 

समितिले के–कुन प्रयोजनका लागि के–कुन आधारमा उक्त ऋण लिएको भनी प्रश्न गरेको छ । उनले यस विषयमा पनि आफूलाई मिडियामा आएपछि मात्र थाहा भएको जवाफ दिएका छन् । उनले आफू सामान्य कर्मचारी रहेकाले अरु जानकारी नभएको बताएका छन् । 

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीले आफू कुनै सहकारीमा आफू आबद्ध नभएको र हुने सोच पनि नभएको बताएका छन् । तर, सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उनी सदस्य देखिएको समितिको प्रतिवेदनको प्रश्नमा उल्लेख छ । उनको आइडी नम्बर ००१–०५८०३७ मा के.वाइ.एम फारम देखिएको प्रतिवेदनमा उल्लेख । उनले आफूले आवेदन नै नदिएको भनी नकारेका छन् । 

“सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा म गएको छैन । मैले सदस्यताका लागि आवेदन दिएको छैन । के.वाई.सी. फाराम भरेको पनि छैन । यदि मेरो नाममा उक्त कार्य भएको हो भने उक्त कार्य गर्ने व्यक्तिलाई कारबाही हुनु पर्छ,” उनले बयानमा भनेका छन् । 

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखापरीक्षण अनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., बुटवलमा मिति २०७७।१०।२९ मा तपाईंको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.को नाममा ग्लोबल आइएमई बैङ्कमा भएको खातामा ११ फेब्रुअरी २०२१ मा २ करोड ४५ लाख जम्मा भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।  यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ? भनि समितिले प्रश्न गरेको छ ।
 
उनले त्यो सारसर झुट भएको र आफूले उक्त रकम माग नगरेको जनाएका छन् ।

त्यस्तै गोरखा मिडियाका पूर्वसञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले आफू कुनै पनि सहकारीमा सञ्चालक, शेयर सदस्य वा कुनै भूमिकामा आफू नरहेको जिकिर गरेका छन् । 

उनले सहकारी संस्थामा आबद्ध नभएको भने पनि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको मेम्बर आइडी नम्बर ००१–८७१५६ र सुप्रिम सहकारीमा ००१–०५८५०६ मेम्बर आइडीमा उनको नाम छ । तर, उनले त्यसमा आफ्नो कुनै खाता नरहेको दाबी गरेका छन् । 

“उल्लिखित सहकारी संस्थाहरूमा मेरो कुनै खाता छैन । खाताका लागि कुनै आवेदन दिएको छैन । मरो संलग्नता छैन र म ती दुईवटै सहकारी संस्थाको सदस्य पनि होइन”, उनले बयानमा भनेका छन् । 

गोर्खा मिडियामा सहकारीको रकम लैजानेमा लामिछानेको भूमिका नदेखिए पनि रकम खर्च गर्न उनको भूमिका भएको भन्दै समितिले कारबाहीका लागि सिफारिस गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro