site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
आयोजक स्ट्यागको १९ अंक
SkywellSkywell

काठमाडौं । आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को पहिलो दिन सोमबार १९ अंक जोडेको छ ।

लैनचौनस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिसले १३, होप्स टेबलटेनिस एकेडेमीले १२, सिजन– १ को उपविजेता नेपाल प्रहरी क्लबले ९ र ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लबले ३ अंक जोडेका छन् । नेपाल एपीएफ क्लब र रेड टाइल्सको समान २–२अंक छ । स्ट्यागले २ खेलेको छ भने बाँकी सबैले समान १–१ खेल खेलेका छन् ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा सात टिम सहभागी छन् । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग हुने छ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । एक टिमले समान २–२ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ खेल खेल्ने छन् । एक सेट जितका लागि २ अंक दिने प्रावधान छ ।

प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्षसमेत रहेका सहप्रायोजक सुमन खड्गीले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०–५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro