site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना 

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ ।
रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ ।

सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी अन्तराष्ट्रिय ब्रान्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशत सम्म छुट दिन लागिएको छ ।

Dabur Nepal
NIC Asia

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ । जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ । अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी प्रिमियम सोना मनसुली चामलमा प्रति के.जी रु.१२ रुपैयाँ छुट प्रदान गर्दै चाडपर्व अफरमा रु.१५९० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ । यो अफर योजनामा लङग्रेन चामल २० के.जीको ३२२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

त्यसैगरी मुसरको दाल प्रति के.जी १४८ रुपैयाँ, मासको दाल प्रति के.जी २१३, रहरको दाल प्रति के.जी २८८ रुपैयाँ, मुँगको दाल प्रति के.जी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ ।

तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर २०२ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । 

डीडीसीको घ्यू प्रति केजीमा रु.८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति के.जी १०२ रुपैयाँ र चिया प्रतिके.जी ५२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत सम्म र लगेजमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गर्न लागिएको छ । दसैं, तिहार र छठ जस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ्ग अफिसर्स पानु पौडेलले जानकारी दिए ।

“सबै ग्राहकलाई ध्यानमा राखेर हामीले यो अफर प्रदान गर्न लागेका हौँ,” पौडेलले भने,“यस अफरबाट सबै प्रकारका ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने हामीलाई लागेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro