site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितिशा छनोट

काठमाडौं । चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाटनितिशा महतो विजेता बनेकी हुन् । 

हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितिमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितिशालाई छनोट गरेको हो ।

५.९  फिट उचाइँ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।

Dabur Nepal
NIC Asia

चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किलउचाइँ तथा पोजिसनको आधारमा नितिशा छनोट भएकी हुन् ।

आयोजकको नियमअनुसार, हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो ।

१७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत  छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ । एभरेस्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुने छ ।

चितवन शक्तिको टिम

अरूणा शाही, सुर्यासरसुरी, केपी अनुश्री,अन्नाडिमीत्रिभा,सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिकाआचार्य,भावना डाँगी र नितीशा महतो ।

 

 

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro