site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न  

काठमाडौं । हिमालयन चेस एकेडेमीको अयोजना प्याट्रिओटिक पन चेस च्याम्पियनसिप सम्पन्न भएको छ । संविधान दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ४९ खेलाडी सहभागी थिए । प्रतियोगिता यू–७, यू–९, यू–११ र यू–१३ उमेर समूहमा आयोजना गरिएको थियो ।

यू–७ महिलातर्फ रुब्रेश्री चौलागाईं प्रथम भइन् । आहाना शाह दोस्रो र शुभानी पण्डित तेस्रो भइन् ।

गर्ल्स यू–९ मा अग्रता आचार्य ५ अंकसहित प्रथम, अमिषा कोइराला चार अंकका साथ दोस्रो तथा प्रियंशा प्रधान तीन अंकसहित शीर्ष तीनमा रहिन् ।

गर्ल्स यू–११ विधामा निहाना श्रेष्ठ २ अंकसहित प्रथम, नयुमा मगर दोस्रो र डोमा तामाङ तेस्रो भए ।

यू–१३ गर्ल्स डिभिजनमा एन्जल महर्जनले उपाधि जितिन् । क्रिस्टी रिजाल उपविजेता भइन् ।

ब्वाइजको यू–७ समूहमा रातो बंगला स्कुलका शुभाङ्ग प्रधान र साङ्ग्रिला पब्लिक स्कुलका सयश बस्नेत दुवैले साढे चार अंक जोडे । तर, टाइब्रेकर नियमका कारण शुभांग विजयी भए । अवन महर्जन तीन अंकसहित तेस्रो भए ।

ब्वाइज यू–९ तर्फ प्रकृति बाटिका स्कुलका शौमिल चित्रकारले ४ अंकका साथ अग्रता बनाएका थिए । एल्विक अधिकारीले पनि ४ अंक बनाए पनि टाइब्रेकको आधारमा दोस्रो स्थानमा रहे । उत्कर्ष गिरी साढे ३ अंकका साथ तेस्रो भए ।

प्रसित खनालले केटाको यू–११ मा उत्कृष्ट प्रदर्शन गर्दै पाँच अंकका साथ उत्कृष्ट प्रदर्शन गरे । सात्विकमान तुलाधर ४ अंकका साथ दोस्रो स्थानमा रहे भने लियोन महर्जनले पनि ४ अंक जोडेर तेस्रो स्थानमा रहे ।

ब्वाइज यू–१३ मा उपाधि प्रविर केसीले जितेका छन् । निश्चल रिमाल र तपस तामाङ दुवैले साढे तीन अंक जोडे भने निश्चलले टाइब्रेकबाट दोस्रो स्थान हासिल गरे ।

प्रत्येक विधाका उत्कृष्ट तीन विजेतालाई प्रमुख अतिथि अल एन्जलस नेपालकी अध्यक्ष अमिषा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खाम्बुले मेडल, ईप्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro