site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित

काठमाडौं । कर्णाली प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औँ संस्करणमा पहिलो दिन दुई जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोसी प्रदेशलाई हराएको हो । पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो । उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन् । दोस्रो खेलमा पनि कर्णालीले कोसीलाई ५९–२९ ले हरायो । 

उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन् । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २७–२१ को साँघुरो अन्तरले हरायो । उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो ।

मानमति विष्टको कप्तानीमा रहेको पुलिसले कोसीलाई ५८–२७ अंकले हरायो । यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन् । अर्को विभागीय टोली एपीएफले पनि विजयी सुरुआत गर्‍यो । एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो । 

अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वाग्मतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए । १० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेताले दुई लाख,उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro