site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राष्ट्रिय नाटक महोत्सव : कसले पायाे पुरस्कार र सम्मान ?
SkywellSkywell

काठमाडौं । रेडियो नेपालका पहिलो गायकका रूपमा स्थापित रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी समारोह मनाइएको छ । बुधबार काठमाडौंमा आयोजित शतवार्षिकी कार्यक्रममा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी तथा कला एवं पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरियो । 

रिमाल पत्नी कल्याणी रिमाल तथा दिवंगत हरिप्रसाद रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबारबाट आयोजना गरेको तीन दिने नाटक महोत्सवमा विजयी भएकाहरूलाई पुरस्कार प्रदान गरियो । महोत्सवमा कोेसी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुति माधव भण्डारीको लेखन रहेको नाटक ‘घरजम’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।
 
सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले उत्कृष्ट निर्देशक तथा भावना खपाङ्गी मगरले उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरे ।
 
लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृती सम्बन्धी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक ‘निब’ दोस्रो भयो । सोही नाटकबाट सोमनाथ खनालले उत्कृष्ट अभिनेताको पुरस्कार पाए । 

Dabur Nepal
NIC Asia

वाग्मती गमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको ‘सिल्भिया’ तेस्रो भयो । 

पहिलो पुरस्कारस्वरुप एक लाख रुपैयाँ, दोस्रो पुरस्कारस्वरुप ५० हजार रुपैयाँ र तेस्रो पुरस्कारस्वरुप २५ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पुरस्कारस्वरुप जनही नगद राशि १५ हजार रुपैयाँ प्रदान गरियो ।
 
सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान पनि प्रदान गरियो । कार्यक्रममा २०७९ सालको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार’बाट गणेश रसिक, ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कार’बाट गायक सुदेश शर्मा, ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान’बाट पुरुषोत्तम सापकोटा र ‘हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कार’बाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरियो ।
 
२०८० सालको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कार’बाट मदनदास श्रेष्ठ सम्मानित भए भने ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कार’बाट रंगकर्मी अनुप बराल, ‘हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान’बाट सूर्यकुमारी पन्त, ‘हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कार’बाट पत्रकार अनन्त वाग्ले पुरस्कृत भए ।
  
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारको राशि ३१ हजार एक र अन्य पुरस्कारको राशि २१ हजार एक रुपैयाँ छ ।
 
स्व. रिमालको शतवार्षिकी महोत्सवको प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये  निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरिएको थियो । 

नाट्यकर्मी अषेश मल्ल, हरिबहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौवरंगी, लासको खेती र सिल्भियाले प्रतिस्पर्धा गरेका थिए । 

नाटकका विजेता कलाकारले निर्णायकमध्येका एकले पुष्कर गुरुङको आगामी फिल्ममा अभिनयको मौका पाउने छन् । सोही अवसरमा ‘शिखर कलाकार हरिप्रसाद रिमाल’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu