
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् ।
नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । साउन ११ गते माओवादी कोसी सरकार छाडेको थियो ।
कार्कीको समर्थनमा नेकपा एमालेका ४০ र कांग्रेसका २९ सांसद छन् ।
प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
गत वैशाख २७ गते कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।