site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसीविरुद्ध आर्मीको सहज जित
SkywellSkywell

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा विभागीय टोली त्रिभुवन आर्मी क्बलले कोसी प्रदेशविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान दुई गोल गरे । आर्मीबाट अर्को एक गोल हिमा चौधरीले थपिन् ।

Dabur Nepal
NIC Asia

खेलको आठौँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि विमलाले नै विभागीय टोलीको अग्रता दोब्बर बनाइन् ।

२१औँ मिनेटमा हिमाले आर्मीको अग्रतालाई ३–० मा पुर्‍याइन् । ३८औँ मनेटमा अनिताले पहिलो गोल गर्दा आर्मीले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो । ६०औँ मिनेटमा अनिताले दोस्रो गोल गरेपछि आर्मीले ५–० को जित पक्का गर्‍यो । 

जितसँगै ६ खेलबाट १३ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको कोसी चौथो स्थानमा यथावत् छ ।

यसअघि, आजै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबविरुद्ध ३–० को जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu