site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा एभेन्जर्सको लोगो परिवर्तन, के छ विशेषता ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी पोखरा एभेन्जर्सको लोगो परिवर्तन गरिएको छ । पोखरा एभेन्जर्सले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

पोखरा एभेन्जर्सले बोल्ड, उग्र र पहिचानमा गहिरो जरा गाडिएको नयाँ लोगोले पोखराको शक्ति र दृष्टि झल्काउने जनाएको छ । पखेटा फराकिलो भएको चिलले मैदानमा पोखरा एभेन्जर्सको प्रभुत्वको प्रतीकलाई झल्काएको टिमले उल्लेख गरेको छ ।

यस्तै, क्रस गरिएको क्रिकेट ब्याटले आफूहरूको छनोटको हतियारको प्रतिनिधित्व गर्दै सटीक र शक्तिको संयोजन गरेको जनाइएको छ ।

पछाडिपट्टि राखिएको माछापुच्छ्रे हिमाल र उदाउँदो क्रिकेट बलले पोखरामा गडेको जरा र आफूहरूले ल्याएको अटुट ऊर्जाको सम्झना गराउने टिमले जनाएको छ ।

नयाँ संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरिँदै छ । पोखराको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल छनोट भइसकेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro