site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले जनतामा भ्रम छर्ने अभिव्यक्ति दिँदै हिँड्न थाले : कांग्रेस सांसद श्रेष्ठ

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले १०० दिन पनि नपुग्दै सरकारको विरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका छन् ।

प्रजातान्त्रिक मुलुकमा १०० दिन पनि नपुग्दै सरकारको विरोध गर्नु, उसको काममा अवरोधको प्रयास गर्नुलाई उचित मान्न नसकिने उनले बताए ।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर सांसद श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्न थालेको भन्दै आपत्ति जनाए ।

“...गठबन्धनको सरकार बनेको १०० दिन पनि पुगेको छैन । १०० दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरू सिर्जना गर्न थालिएको छ । यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन,” उनले भने ।

प्रचण्डले मुलुक बंगलादेश र श्रीलंका हुने चेतावनी दिएर जनतामा भ्रम छर्ने प्रयास गरेको उनले उल्लेख गरे । अभिव्यक्ति स्वतन्त्रताका नाममा जथाभावी बोल्दै नहिँड्न उनले चेतावनी दिए ।

“हिजोसम्म सत्तामा छौँ । हिजोसम्म सरकारमा छौँ । सरकारबाट निस्कन पाएको छैन, बंगलादेश र श्रीलंका भन्छौँ,” उनले भने, “अनि, त्यसको हिजोसम्मको दोषको भागी लिने कि नलिने ? यस्ता अभिव्यक्तिहरूले नेपाली जनतामा भ्रम सिर्जना गर्छ । त्यो भ्रम सिर्जना गर्ने काम हामी नगरौँ ।”

उनले थपे, “प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो, स्वच्छन्दता होइन । जे मन लाग्यो त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन । त्यस विषयमा पनि हामी सबै पक्ष जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्छ ।”

सांसद श्रेष्ठले आफू सरकारमा हुँदा भएको गल्तीको जिम्मेवारी प्रचण्डले पनि लिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro